राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी « Khabarhub

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने भएका छन् । 

आइतबार उनकी छोरी दक्षिण अमेरिकी प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले सो घोषणा गरेकी हुन् ।  

उनले भनिन्, ‘मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।’

सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरेका थिए । 

उनले विद्रोहीहरूलाई दबाएर नवउदारवादी नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिएको नेताका रूपमा उनी निकटस्थ समूहले स्मरण गर्ने गरेको छ । 

तर पेरूको शाइनिङ पाथलगायतका कतिपय बामपन्थी दलले उनलाई निर्दयी, अधिनायकवादी शासन शैली अपनाएको एक भूतपूर्व राष्ट्रपतिका रूपमा उनको आलोचना गर्ने गरेका छन् ।

सन् १९९१ र सन् १९९२ मा सेनाको डेथ स्क्वाडले गरेको नरसंहारको आरोपमा उनलाई सन् २००९ मा जेल सजाय भएको थियो । शाइनिङ पाथविरूद्धको अभियानका क्रममा उनको नेतृत्व रहेका समय एक बच्चासहित २५ जना मारिएका कारण उनीलगायत केही अधिकारीलाई फरक फरक जेल सजाय भएको थियो । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ०७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६