पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल | Khabarhub Khabarhub

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, ‘पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु ।’

यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गरे। उनले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाएका छन् । 

‘सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि  नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु’, उनले भने, ‘ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरूको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु ।’

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : २३ बजे

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी