परराष्ट्रमन्त्री भन्छिन् - विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री भन्छिन् – विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको खोजी गरिने बताएकी छन् । 

सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएकी हुन् । 

यसअघिका परराष्ट्रमन्त्री एनपी साउद र नारायणकाजी श्रेष्ठले पनि जोशीको खोजीमा पहल गरेका थिए । तर दुवै मन्त्रीले विपिनको अवस्था पत्ता लगाउन सकेनन् ।

अब नयाँ परराष्ट्रमन्त्री राणाले पनि हमासले इजरायलमा आक्रमण गरेपछि अपहरण गरि बेपत्ता विपिनको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन् ।

कृषि अध्ययन गर्न इजरायल पुगेका विपिनको अहिलेसम्म अवस्था खुल्न सकेको छैन । गाजा क्षेत्रलाई इजरायली सेनाले करिब ध्वस्त बनाइसक्दा पनि विपिनसहित अपहृत डेढ सय बढीको अवस्था खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ५२ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका