पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई « Khabarhub

पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नयाँ शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताएकी छन् ।

नयाँ संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि राजनीतिक दलहरूले ऐन बनाउन नसकेका बेला भट्टराईले शिक्षा ऐन बनाउने कुरा प्राथमिकतामा रहने बताएकी हुन् ।

सोमबार पदभार ग्रहणपछिको स्वागत कार्यक्रममा बोल्दै उनले संसदीय समितिमा पुगेको विद्यालय शिक्षा ऐन निर्माणमा पहल हुने बताइन् ।

‘सबैभन्दा धेरै मान्छे रुष्ट शिक्षा क्षेत्रसँग छन् । त्यो किनभने हामीले ऐन बनाएनौँ । २०२८ सालको ऐन आज पनि विद्यालय शिक्षाका लागि बाधक छ,’  उनले भनिन्, ‘त्यसैले समितिमा पुगेको ऐन निर्माणका लागि समन्वय जरुरी छ । समितिमा पुगेको कुरालाई मन्त्रालयले हस्तक्षेप गर्न सक्दैन ।  ऐन छिटो निर्माण गर्न समितिसँग संयोजनकारी भूमिका खेल्नेछु ।’

तत्कालीन शिक्षा मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक २०८० भदौ २७ गते प्रतिनिधि सभामा लगेका थिए । त्यसपछिकी शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि विधेयकलाई प्राथमिकतामा राखेको बताएकी थिइन् ।

शिक्षा क्षेत्रमा विकराल समस्या रहेको बताउँदै भट्टराईले उक्त भाष्य बदल्ने दायित्व आएको उल्लेख गरिन् । शिक्षा क्षेत्रका बेथिति समाधान गर्न विद्यमान ऐनले सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

मन्त्रालयका निकायका कर्मचारीका काम र भूमिका महत्वपूर्ण हुने बताउँदै उनले पढेर के गर्ने भनेर उत्तर दिन नसक्ने अवस्थामा सुधार चाहिने बताइन् ।

पछिल्लो पटक कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजाले निराश बनाएकाले यसमा सुधार चाहिने उनले बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ०१ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६