टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू « Khabarhub

टेलिकमले ल्यायो मनसुन अफर, के-के छन् प्याकहरू


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले  श्रावण १ गते देखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न प्याक दिने भएको छ । जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको  १९९ रुपैयाँ देखि कम्बो प्याकेज पाउन सकिने छ  ।

यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र  ४९९ रुपैयाँ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अन लिमिटेड प्याक अन्तर्गत  ६९९ रुपैयाँमा अन लिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अन लिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अन लिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहलाई सुविधा थप गरी उक्त प्याकहरूलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ  ।

डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका  २९ रुपैयाँ देखि ९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरू उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने प्रवक्ता किशोर कुमार भट्ट बताउँछन् ।

कम्पनीले अन–नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरू, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै  ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अन लिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अन लिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अन लिमिटेड डाटा सहितको अन लिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधा सहितको अन लिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरू सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ४४ बजे

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’

जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस