रौतहटमा करेन्ट लागेर युवकको मृत्यु « Khabarhub

रौतहटमा करेन्ट लागेर युवकको मृत्यु


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा  खेतमा काम गरिरहेको क्रममा करेन्ट लागेर  एकजना युवकको मृत्यु भएको छ ।

स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका ४५ वर्षीया चुनिलाल पासवानको आफ्नै खेतमा काम गरि रहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।

 

उनको खेत हुँदै छिमेकी रामदरेश राय यादवले जडानगरि लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाईते भएका थिए । 

लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तम कुमार श्रेष्ठको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाईते पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातिले पासवानको खेत हुँदै मिटरको तार लागेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भईरहेको, शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ३८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई