सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न « Khabarhub

सुनसरीमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको भेडेटारमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सम्पन्न बैठकमा सुनसरी, धनकुटा, भोजपुर र उदयपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको सहभागिता रहेको थियो । 

सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले बैठकमा सप्तकोशी नदीको जलमार्ग र अन्य क्षेत्रमा समेत लागूपदार्थ ओसारपसार बढेको भन्दै नियन्त्रणका विषयमा गम्भीर छलफल भएको जानकारी दिए। 

सनुसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले सुनसरीमा लागुऔषधको कारोबार बढेको र त्यसको ट्रान्जिट प्वाइन्छ कोशी नदी आसपास रहेको देखिएकाले कोशी नदी जलमार्ग निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेशमा शान्ति सुरक्षासहित लागूपदार्थ ओसारपसार तथा कारोबार पूर्णरूपमा नियन्त्रण गर्न नेपाल प्रहरी सधैँ तयार रहने बताए। 

बैठकले लागूऔषधसहित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सूचना आदानप्रदान तथा समन्वय गर्न सबैले सहयोग गर्ने निर्णय गरेको छ ।

 बैठकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख खापुङ, सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका प्रमुख डिआइजी शम्भु सुवेदी,  सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य र चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागिता रहेको थियो । 

समन्वय बैठकले अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने र गैरकानुनी क्रियाकलापलाई चारवटै जिल्लाको समन्वयमा प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको