तेल भिसामा विपिनको दोहोरो भूमिका ! « Khabarhub

तेल भिसामा विपिनको दोहोरो भूमिका !


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनलाई जवान र वृद्ध ‘लुक्स’मा देख्न सकिन्छ । 

पोस्टरअनुसार उनले फिल्ममा दुई भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । पोस्टरमा अभिनेतृ वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । बुद्धि तामाङ मुख्य भूमिकामा रहे पनि पोस्टरमा उनले स्थान पाएका छैनन् । 

यो पोस्टर फिल्मको प्रदर्शन मिति नयाँ तोकिएको छ । प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ । यसअघि भदौ २८ गते प्रदर्शन मिति तोकिएको थियो । 

निर्देशक शंकर घिमिरेका अनुसार अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकनका लागि सुटिङ युनिट नेपालमा आइपुगेको छ । सोमबारबाट नेपालको अंशको छायांकन चितवनबाट सुरु भएको छ ।

१२ वर्षपछि यही फिल्ममार्फत घिमिरे निर्देशनमा फर्कँदै छन् । त्यस्तै अभिनेत्री ऋचा पनि १० वर्षपछि अभिनयमा फर्कँदै छिन् । 

वेलडन क्रियसनको ब्यानर र  ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्माता अनिष पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ५५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको