विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो ।”

निज घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : १५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६