विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौँ आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो ।”

निज घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : १५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट