दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरेका छैनौं : फिलिपिन्स « Khabarhub

दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरेका छैनौं : फिलिपिन्स


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरिरहेको भन्ने चिनियाँ आरोपको खण्डन गरेको छ ।

दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलमा फिलिपिन्सले रोकेर राखेको नौसैनिक युद्धपोतका कारण समुद्रमा पर्यावरणीय विनाश भइरहेको चीनले आरोप लगाएको थियो ।

दक्षिण चीन सागरस्थित फिलिपिनी कार्यदलले भने चीनले फिलिपिन्सविरुद्ध दुष्प्रचार गरिरहेको आरोप लगाएको छ । कार्यदलले सो युद्धपोतका कारण भएको भनिएको पर्यावरणीय क्षतिको स्वतन्त्र वैज्ञानिक अनुसन्धान हुनुपर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण चीन सागरमा कृत्रिम टापुहरु बनाएर चीनले उल्टै समुद्री पर्यावरणको विनाश गरिरहेको फिलिपिन्सको आरोप छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच विवाद बढ्दै गइरहेको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको