कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते « Khabarhub

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाको आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे२च २६१२ नम्बरको ट्र्याक्टर आरसिपी बजार नजिकैको मोडमा दुर्घटना हुँदा घाइते भएका तीनमध्ये सुर्खेत घर भएका चालक वीर परियारको उपचारका लागि सुर्खेत लैजाने क्रममा आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रास्कोट–२ सिप्खानाका १७ वर्षीय नम सार्की र रास्कोट नगरपालिका– ५ साहुवाडाका २२ वर्षीया प्रकाश तिरुवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ०६ बजे

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका