कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते « Khabarhub

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रास्कोट नगरपालिकाको आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे२च २६१२ नम्बरको ट्र्याक्टर आरसिपी बजार नजिकैको मोडमा दुर्घटना हुँदा घाइते भएका तीनमध्ये सुर्खेत घर भएका चालक वीर परियारको उपचारका लागि सुर्खेत लैजाने क्रममा आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रास्कोट–२ सिप्खानाका १७ वर्षीय नम सार्की र रास्कोट नगरपालिका– ५ साहुवाडाका २२ वर्षीया प्रकाश तिरुवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा