कराँचीमा अपराधका घटना बढ्दै « Khabarhub

कराँचीमा अपराधका घटना बढ्दै


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको पाइएको छ । सिन्ध प्रान्तको नागरिक प्रहरी सम्पर्क समितिले जारी गरेको प्रतिवेदनअनुसार यस वर्षको जुन महिनामा ५ हजार २ सय ८८ वटा अपराधका घटना भएका छन् ।

यस अवधिमा २ हजार ७ सय ९२ वटा मोटरसाइकल चोरीका घटना भएका छन् । तीमध्ये ५ सय ६४ वटा मोटरसाइकल बन्दुक तेस्र्याएर लुटिएका थिए ।

त्यतिको सङ्ख्यामा मोटरसाइकल चारी भएपनि केबल १ सय ९६ वटा मात्र फेला परेको पाकिस्तानी समाचार पोर्टल द न्युज पाकिस्तानले जनाएको छ ।
यस अवधिमा २४ वटो सवारी साधान लुटिएको छ भने १३५ सवारी चारी भएका छन् । त्यसमध्ये केबल ८० वटा सवारीमात्र फेला परेको प्रतिवेदनमा जनाइएको छ ।

जुन महिनामा १,४३३ वटा मोबाइल फोन चोरी भएका छन् । जसमध्ये केबल १८ वटा मोबाइलमात्र फेला परेको छ । सो अवधिमा कराँचीमा भएका हिंसात्मक घटनामा परी ४० जनाको मृत्यु भएको छ । यद्यपि जुन महिनामा फिरौतीका लागि हुने अपहरणका घटना भने दर्ता नभएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : २९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ