युरोपियन सुपर कपको उपाधि रियल मड्रिडलार्ई, एम्बाप्पेको डेब्यु गोल « Khabarhub

युरोपियन सुपर कपको उपाधि रियल मड्रिडलार्ई, एम्बाप्पेको डेब्यु गोल


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति पोल्याण्डमा भएको खेलमा एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियालका लागि भिनिसियस फेडेरिको भाल्भर्डे र केलियन एम्बाप्पेले एक–एक गोल गरेका थिए । एम्बाप्पे रियलमा आएपछि उनको यो डेब्यु गोल हो । उनी पेरिस सेन्ड जर्मेन (पिएसजी)बाट रियलमा आएका हुन् ।

खेलको ५९औँ मिनेटमा रियलका लागि भाल्भर्डेले सुरुवाती गोल गरेका थिए । यस्तै, ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० गोलले जिताएका हुन् ।

योसँगै युरोपियन सुपर कपमा रियाल मड्रिडको कीर्तिमानी छैटौँ उपाधि भएको छ ।

रियाल मड्रिडले गत सिजनमा च्याम्पियन्स लिग र ला लिगाको उपाधि समेत जितेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने