‘मङ्कीपक्स’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा « Khabarhub

‘मङ्कीपक्स’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ । बिफर प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्दछ ।

यसको लक्षण फ्लु जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ । जसमा १०० मध्ये चार जनाको मृत्यु हुन्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार