स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा « Khabarhub

स्पष्टीकरण बुझाउँदै मुकुलले मागे रवि लामिछानेको राजीनामा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको आज जवाफ दिँदै ढकालले पार्टी जोगाउन र वैकल्पिक राजनीति अघि बढाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

रास्वपाले ढकाललाई हिजो ‘तपाईँलाई साधारण सदस्यसमेतबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण पत्रको जवाफ दिँदै ढकालले पार्टी कार्यालयमा दर्ता समेत नगरी स्पष्टीकरणको पत्र पठाउनु विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन भएको उल्लेख गरेका छन् ।

उनले आफूमाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सभापति लामिछानेलाई चुनौती दिएका छन् । उनले भनेका छन्– ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’

ढकालले स्पष्टीकरण जवाफमा सभापति लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाटै स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?, आफ्ना पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्ने आँट छ ? र गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो भन्दै तीन प्रश्न गरेका छन् ।

ढकालले सभापति लामिछानेले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँटीरहेको दाबी गरेका छन् ।

उनले आफूले पार्टी स्थापना भएदेखि पार्टीलाई हानी हुने, पार्टीका शुभचिन्तकलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने, पार्टीका नेताहरुमाथि झुटा आरोप लगाउने क्रियाकलाप नगरेको स्पष्टीकरण दिएका छन् ।

उनले पार्टीको छवि आफ्ना कारणले नभइ सभापति लामिछानेका कारण धूमिल हुँदै गएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ११ : २५ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको