पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा | Khabarhub Khabarhub

पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

गाजा- गाजा क्षेत्रमा इजरायलले नरसंहार जारी राखेको छ । दैनिक सर्वसाधारणको बस्तीमा बम बर्साउने क्रममाले सबैभन्दा धेरै बालबालिका र महिला मारिएका छन् ।

पछिल्लो पटक इजरायली हमलाको यस्तै दर्दनाक घटना बाहिरिएको छ। एकजना पिता चार दिनअघि मात्रै जन्मिएका जुम्ल्याहाको जन्मदर्ता गराउन गएका बेला घरमा इजरायलले बम खसालिदियो । त्यसक्रममा ती दुवै जुम्ल्याहा मारिएका छन् ।

इजरायले पछिल्ला दिनमा दक्षिणी गाजाको रफाहमा सेनाको कारबाही तीव्र पारिएको जनाएको छ । पछिल्लो हमलामा गाजाको रफाहमा १०० जना हमासका लडाकु मारिएको जिकिर इजरायलले गरेको छ ।

प्यालेस्टिनी स्वास्थ्यकर्मीका अनुसार मंगलबार गाजामा इजरायली हवाई हमलाका क्रममा १९ जना सर्वसाधारणको ज्यान गएको छ ।

मारिनेमा तीन १९ मध्ये दुईजना चार दिनका जुम्ल्याहा पनि छन् । आफू जन्म दर्ता गराउन गएका बेला यता घरमा इजरायलले बम हान्दा दुवै शिशु मारिएपछि बाबुको रोएर बिजोग भएको छ ।

जुन शिशुलाई उनले घरमा छोडेर जन्मदर्ता प्रमाणपत्र लिन गएका थिए, फर्केर आउँदा दुवै शिशुसहित परिवार नै सखाप भइसकेको उनले देखे । पूरा परिवार मारिएको देखेपछि ती बाबु गहिरो शोकमा परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १ : १० बजे

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज