पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा « Khabarhub

पिताले जन्मदर्ता गराइनसक्दै इजरायली सेनाबाट मारिए चार दिने जुम्ल्याहा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

गाजा- गाजा क्षेत्रमा इजरायलले नरसंहार जारी राखेको छ । दैनिक सर्वसाधारणको बस्तीमा बम बर्साउने क्रममाले सबैभन्दा धेरै बालबालिका र महिला मारिएका छन् ।

पछिल्लो पटक इजरायली हमलाको यस्तै दर्दनाक घटना बाहिरिएको छ। एकजना पिता चार दिनअघि मात्रै जन्मिएका जुम्ल्याहाको जन्मदर्ता गराउन गएका बेला घरमा इजरायलले बम खसालिदियो । त्यसक्रममा ती दुवै जुम्ल्याहा मारिएका छन् ।

इजरायले पछिल्ला दिनमा दक्षिणी गाजाको रफाहमा सेनाको कारबाही तीव्र पारिएको जनाएको छ । पछिल्लो हमलामा गाजाको रफाहमा १०० जना हमासका लडाकु मारिएको जिकिर इजरायलले गरेको छ ।

प्यालेस्टिनी स्वास्थ्यकर्मीका अनुसार मंगलबार गाजामा इजरायली हवाई हमलाका क्रममा १९ जना सर्वसाधारणको ज्यान गएको छ ।

मारिनेमा तीन १९ मध्ये दुईजना चार दिनका जुम्ल्याहा पनि छन् । आफू जन्म दर्ता गराउन गएका बेला यता घरमा इजरायलले बम हान्दा दुवै शिशु मारिएपछि बाबुको रोएर बिजोग भएको छ ।

जुन शिशुलाई उनले घरमा छोडेर जन्मदर्ता प्रमाणपत्र लिन गएका थिए, फर्केर आउँदा दुवै शिशुसहित परिवार नै सखाप भइसकेको उनले देखे । पूरा परिवार मारिएको देखेपछि ती बाबु गहिरो शोकमा परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १ : १० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक