भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु « Khabarhub

भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटीमा सवार यात्रुको मृत्यु


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।

ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लगेको थियो । सोहोरेर लगेपछि स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ ।

ज्यान गुमाएका व्यक्तिको अहिलेसम्म पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ । त्यसमा किताब कपीहरू भेटिएका छन् ।

ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ । दुर्घटनापछि जम्मा भएको भिडले ट्रकमा तोडफोड गरेका छन् । दुर्घटनापछि अहिले भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  २ : २२ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड