अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचार मुद्दामा हद म्यादको विषय संसद्‍ले टुंग्याओस् « Khabarhub

अख्तियार प्रमुख भन्छन्- भ्रष्टाचार मुद्दामा हद म्यादको विषय संसद्‍ले टुंग्याओस्


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने नराख्ने निर्णय संसद्ले नै गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा जारी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिले भ्रष्टाचार निवारण इेन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिरहँदा राईलाई पनि बोलाइएको छ ।

बैठकमा अख्तियार प्रमुख राईले यस विषयमा सार्वभौम संसदले छिनोफानो गर्नुपर्ने धारणा राखेका हुन् ।

‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ । बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ । तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन’, उनले भने, ‘यसबारे धेरै विद्वानले राय व्यक्त गर्नुभएको छ । यसकारण संसद्‍ले नै उचित निचोड निकाल्नु उपयुक्त हुन्छ । हामी यो र त्यो हुनुपर्छ भनेर भन्दैनौँ ।’

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल ‘प्रचण्ड’ ले भने अदालतले फैसला नगर्दासम्म आरोपितलाई निलम्बन नगर्ने व्यवस्था राख्न प्रस्ताव गरेका छन् ।

‘मुद्दा दर्तागर्ने बित्तिकै निलम्बन हुने कुरा ठीक छ कि छैन ? अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैन । अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्‍याउँछ । त्यसबीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ’, उनले भने, ‘मान्छे निलम्बित भयो तर अदालतको फैसला विलम्ब भएर अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिन हामीले यसै ऐनमार्फत सम्बोधन गर्नुपर्छ । अदालतले फैसला नगरेसम्म निलम्बन नगर्ने कि ! निलम्बन नै गर्ने भए क्षतिपूर्तिको व्यवस्था गर्ने हो कि ! यो गाँठो फुकाउनु पर्नेछ । यसमा पर्याप्त छलफल हुनुपर्छ ।’

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  २ : ४२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ