कुलमानको गुनासो- लोडसेडिङ हुँदा रमाउनेहरूले मेरो विरोध गर्दैछन् « Khabarhub

कुलमानको गुनासो- लोडसेडिङ हुँदा रमाउनेहरूले मेरो विरोध गर्दैछन्

कार्याकाल सकेर अर्को वर्ष साउनमा बिदा हुने घोषणा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ् हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले संस्थान घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको बताए। अहिले उनीहरू नै आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन् ।

केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न गरे ।

उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । त्यस्तै उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो सुखद बिषय भएको बताए ।

नेपालको विद्युत् क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनले बताए । घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले १ खर्ब लगानी गरेको जानकारी पनि दिए ।

उनले आफ्नो दोश्रो कार्यकालको अन्तिम वार्षिकोत्सवपछि अर्को वर्ष साउन २५ गते चार वर्षे कार्यअवधि सकेर प्राधिकरणबाट बिदा लिने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ३ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी