साफ च्याम्पियन्सिप खेल्न माल्दिभ्स टोली नेपालमा « Khabarhub

साफ च्याम्पियन्सिप खेल्न माल्दिभ्स टोली नेपालमा


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यु–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गर्नुभयो । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।

नेपालको समूहमा बङ्गलादेश र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलंका र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन् भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।

नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् ।

 त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ४ : ०५ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई