प्रदर्शनकारी र प्रहरीबीच झडपले गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू) « Khabarhub

प्रदर्शनकारी र प्रहरीबीच झडपले गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू)


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर ज्यान लिएपछि सुरु भएको तनाव रोकिने छाँट छैन ।

दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । अहिले त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ छन् । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो ।

त्यसपछि प्रदर्शनमा उत्रिएकाहरूले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् । प्रहरीले भिडलाई हटाउने कोसिस गरे पनि सकिरहेको छैन ।

त्यहाँको अवस्था तनावपूर्ण छ भने भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ । पूर्वी  नेपालबाट आउने सवारीसाधन रोकिएका छन् । त्यहाँ अहिले कयौँ किलोमिटर लामो जाम बनेको छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ४ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको