प्रदर्शनकारी र प्रहरीबीच झडपले गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू) « Khabarhub

प्रदर्शनकारी र प्रहरीबीच झडपले गठ्ठाघर तनावग्रस्त (तस्बिरहरू)


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर ज्यान लिएपछि सुरु भएको तनाव रोकिने छाँट छैन ।

दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । अहिले त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ छन् । ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो ।

त्यसपछि प्रदर्शनमा उत्रिएकाहरूले प्रहरीमाथि ढुंगा बर्साइरहेका छन् । प्रहरीले भिडलाई हटाउने कोसिस गरे पनि सकिरहेको छैन ।

त्यहाँको अवस्था तनावपूर्ण छ भने भक्तपुर-काठमाडौं सडक ठप्प भएको छ । पूर्वी  नेपालबाट आउने सवारीसाधन रोकिएका छन् । त्यहाँ अहिले कयौँ किलोमिटर लामो जाम बनेको छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ४ : ०८ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले