५२ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरूको नाफा « Khabarhub

५२ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरूको नाफा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिकृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समग्रमा सबै कम्पनीको खुद नाफा ५२.८० प्रतिशतले बढेको देखिएको हो ।

अघिल्लो आव २०७९/०८० मा १४ वटा निर्जीवन बीमा कम्पनीको खुद नाफा ४ अर्ब ८६ करोड २४ लाख रहेकोमा गत आवमा ५२ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४३ करोड १३ लाख ४ रुपैयाँ पुगेको छ । १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये नेको इन्स्योरन्स र राष्ट्रिय बीमा कम्पनीको अघिल्लो आर्थिक वर्ष भन्दा गत आवमा नाफा घटेको छ भने अन्य १२ वटा बीमा कम्पनीको नाफा भने बढेको छ ।

एआईजी प्रुडेन्सियलको नाफा सबैभन्दा धेरैले वृद्धि भएको छ भने सबैभन्दा कम सानिमा जिआईसीको वृद्धि भएको छ । एआईजीको अघिल्लो आवको तुलनामा गत आवमा नाफा १५२.४५ प्रतिशतले वृद्धि भएर ६१ करोड २१ लाख पुगेको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको १२६.९९ प्रतिशतले बढेर ५१ करोड ३० लाख, प्रभु इन्स्योरेन्सको ११८.१८ प्रतिशतले बढेर ४९ करोड ९ लाख र युनाईटेड अजोड इन्स्योरेसको १०८.१० प्रतिशतले बढेर ३८ करोड ५२ लाख खुद नाफा आर्जन गरेका छन् ।

४ वटा निर्जीवन बीमा कम्पनीले ८० प्रतिशत भन्दा बढी नाफा बढाएका छन् । जसमा नेपाल इन्स्योरेन्सले ८७.८३ प्रतिशतले बढेर ७० करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ८३.९६ प्रतिशतले बढेर ६० करोड ८९ लाख, ओरेन्टियल इन्स्योरेन्सको ८३.४२ प्रतिशतले बढेर ५९ करोड ६१ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८२.५२ प्रतिशतले बढेर ६९ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, २ वटा कम्पनीले भने अघिल्लो आवको भन्दा गत आवमा ५० प्रतिशत भन्दा बढी नाफा आर्जन गरेका छन् । जसमा नेशनल इन्स्योरेन्सले ५२.०२ प्रतिशतले नाफा वृद्धि गरेर २६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५०.०९ प्रतिशतले नाफा वृद्धि गरेर ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

२ वटा निर्जीवन बीमा कम्पनीले गत आवमा अवधिमा २० प्रतिशत भन्दा बढी नाफा गरेका छन् । एनएलजी इन्स्योरेन्सले अघिल्लो आवमा भन्दा गत आवमा २१.७८ प्रतिशतले नाफा वृद्धि गरेर २५ करोड ३३ लाख रुपैयाँ गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले २०.९१ प्रतिशतले नाफा वृद्धि गरेर ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको तुलनामा नाफा कम गर्नेमा नेको इन्स्योरेन्स र नेपाल राष्ट्रिय बीमा कम्पनी रहेका छन् । नेकोले अघिल्लो वर्षको तुलनामा २.७४ प्रतिशतले खुद नाफा घटेर ६८ करोड ६७ लाख रुपैयाँ मात्र आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीको नाफा १८.८० प्रतिशतले घटेर ६२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ६ : ०५ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको