माओवादी बैठकमा जनार्दनको जवाफ- मेरो उद्देश्य प्रचण्डलाई नै बलियो बनाउनु हो « Khabarhub

माओवादी बैठकमा जनार्दनको जवाफ- मेरो उद्देश्य प्रचण्डलाई नै बलियो बनाउनु हो


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जे जति प्रश्न उठाए पनि आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलियो बनाउने पक्षमै रहेको बताएका छन् ।

जारी स्थायी समिति बैठकको अन्तिम दिन बिहीबार पेरिसडाँडामा बोल्दै उनले अहिलेलाई प्रचण्डलाई नै सुदृढ बनाउने पक्षमा आफू रहेको बताएका हुन् ।

स्थायी समिति बैठकमा शर्माले राखेको लिखित प्रस्तावले राजनीतिक तरंग ल्याइरहेका बेला प्रचण्ड पनि दबाबमा परेका थिए ।

उनले पार्टीलाई सदृढ बनाउन अध्यक्ष प्रचण्ड संरक्षक र अहिलेका पदाधिकारी सबै सल्लाहकार भएर सांगठनिक नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

शर्माको प्रस्तावमाथि बैठकमा गम्भीर छलफल भएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

उपमहासचिव शर्माले बिहीबारको बैठकमा आफूले नेतृत्वप्रति जे–जति प्रश्न उठाए पनि त्यसको उद्देश्य अध्यक्ष प्रचण्डलाई सुदृढ र सबल बनाउनु नै रहेको स्पष्टीकरण दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सपाकोटाका अनुसार अध्यक्ष प्रचण्डले पनि उपमहासचिव शर्माले उठाएका वैचारिक राजनीतिक सवाल दस्तावेजमा समेटेर जान तयार रहेको बताएका छन् ।

‘मैले जेजति प्रश्नहरु उठाएको छु, अध्यक्षलाई सबल, सुदृढ बनउनको लागि नै उठाएको हो भन्नुभयो । अध्यक्षले पनि उहाँले उठाएका वैचारिक राजनीतिक सवालहरुलाई दस्तावेजमा समेटेर जानका लागि कुनै समस्या छैन भनेर भन्नुभएको छ,’ सापकोटाले बैठकपछि भनेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ७ : ०४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी