हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार « Khabarhub

हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार


३१ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – मानव हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले विर्तामोड नगरपालिका क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) निर्माण आजदेखि सुरु गरिएको छ ।

विर्तामोड नगरपालिका–६ को देउनिया खोलाको पुलदेखि वडा नम्बर–८ को किनसभिट्टासम्मको नौ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण सुरु गरिएको हो ।

मानव वस्तीमा हात्ती छिर्न नदिन राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ पर्ने हरियाली सामुदायिक वनको क्षेत्रमा विद्युतीय तारबारको निर्माण गरेको जनाएको छ ।

नेपाल सरकारको रु एक करोड ३२ लाख ३६ हजारको लगानीमा तारबार निर्माण सुरु भएको संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमले बताए । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौताअनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ ।

विद्युतीय तारवारका कारण दैनिक गाउँ पसेर दुःख दिँदै आएको हात्ती नियन्त्रण हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख पवित्रा महतराले बताए । उनले विद्युतीय तारवारको शिलान्यास गर्नुभएको छ । उहाँले बढ्दो मानवीय क्षति कम गर्न र हात्तीलाई घेराबार गरेर सामुदायिक वनभित्र मनपर्ने आहाराको व्यवस्था गर्न पालिका लाग्ने बताए ।

संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले यसअघि जिल्लामा बाहुनडाँगीमा १८ किलोमिटर, जलथल र चाराआलीमा क्षेत्र गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिए। यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हुलमा आउने हात्ती नियन्त्रणका लागि प्रभावकारी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया