गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ « Khabarhub

गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार व्यक्तिको शरीर क्षतविक्षत भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । त्यहाँ प्रहरी र सशस्त्र प्रहरीसमेत तैनाथ गरिएको थियो ।

ट्रकमा तोडफोड गर्ने समूहले आगो लगाउन खोजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : १९ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य