आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ ३० गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : अधुरा काम बन्नेछन्। कर्मस्थानमा चन्द्रमाले गोचरी गर्दैछन्। फलामको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट दिन सहज बन्नेछ।

वृष : मुल त्रिकोणमा शुभग्रह बसेकाले शिक्षामा प्रगति हुनेछ। निजी विद्यालय र प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्नेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। गुरुसँग लिएको ज्ञानको प्रभाव व्यवहारमा देखिनु आवश्यक छ। खानपानमा ख्याल नहुँदा पुरानो रोग बढ्नेछ। परिवारको साथले दिन सहज बन्नेछ।

कर्कट : दिन रमाइलो छ। सभा र समारोहमा तपाईंले विचार राख्न पाउनुहुनेछ। साथी र संगठनको बलमा राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। अर्काको कुरा काट्ने बानीले मन भने अशान्त बन्नेछ।

सिंह : तपाईंसँग गुनासो गर्ने बढ्नेछन्। घर र कार्यालयमा काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। तपाईंले राम्रो गर्दैछु भने पनि सहयोगीको मन दुख्नेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। लगानीका क्षेत्रमा भने राम्रो उन्नति हुनेछ। परिवारसँगको सल्लाहमा अगाडि बढेमा उल्लेखनीय फाइदा हुनेछ।

कन्या : सञ्चित धन खर्च गरेर मात्र नाम र दाम कमाउन सकिने दिन छ। राजनीतिक संगठन बलियो भएकाले तपाईंको काम बन्नेछ। आलोचना गर्ने संगठित भएकाले सचेत बन्नु राम्रो हुनेछ। हरेक ठाउँमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आम्दानीका स्रोत धेरै छन्। तपाईंको काम गर्ने शैली र व्यवहारविरुद्ध विरोधको आवाज सुन्नुपर्नेछ। तपाईंको दैनिकीमा सुधारको सुरुवात हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दैनिकी सहज छ। आफन्तबाट सहयोग मिल्ने योग छ। आफूले आफूलाई माया नगर्ने बानीले मन अशान्त बन्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु राम्रो हुनेछ। बढी माया देखाउमा धोका हुनेछ। बिहान गणेशको चिन्तन गर्नाले दिन सहज बन्नेछ।

धनु : दिन रमाइलो छ। आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ। गुरुबाट तपाईंको आलोचना हुनेछ। परिवारमा मेलमिलाप र संस्कारको सुरुवात हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : पेट सम्बन्धी दुखाइले सताउने छ। व्यायाम गर्दा सचेत बन्नुपर्नेछ। लगानीका स्रोतमध्ये व्यापारमा तपाईंको प्रगति हुनेछ। इज्जत र प्रतिष्ठा जोगाउनका निम्ति धन खर्च गर्नुपर्नेछ। बिहानै हनुमानचालिसा पाठ गरेमा स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : मध्य साढेसाती चल्दैछ। जन्मकुण्डलीमा अनुकुल ३, ६ र ११ औं स्थानमा शनिदेव रहेको भए ठुलो उन्नति हुनेछ। एकपटक जन्मकुण्डली देखाएर महत्तवपूर्ण काम गर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप दिने दिन छ ।

मीन : सुरुवाती साढेसाती भए पनि शुभग्रहको बहुमत छ। दैनिकी सहज बन्नेछ। आफूभन्दा ठुलाबाट आर्शिवाद लिएर अगाडि बढ्ने दिन छ। घमण्ड त्याग्नु राम्रो हुनेछ। गणेशको चिन्तन गरेमा भाग्यको उदय हुनेछ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : १७ बजे

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका