संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक « Khabarhub

संसदको अवरोध खुलाउन सभामुखले बोलाए बैठक


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकलाई छलफलका लागि बोलाएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले जारी राखेको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख घिमिरेले आइतबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक रसचेतकलाई बैठकका लागि बोलाएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय लिएका थिए। निर्णयमा असहमति जनाउँदै संसद अवरोध जारी छ। केही दिनअगाडि माओवादीले उक्त शब्द नसच्चिएसम्म बैठकमा अवरोध कायम राख्ने निर्णय नै गरिसकेको छ।

२५ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलका नियमापत्तिको निर्णय सुनाउन अन्तिम अल्टिमेटम दिएपछि सभामुखले निर्णय सुनाएका थिए।

सभामुखले ‘हिंसा’ शब्दबारे दललाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गरेका थिए। त्यहाँ पनि सत्ता पक्ष र विपक्षको आ–आफ्ना दलिल राखेका थिए।

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार