टालेपछि सवारी साधन गुड्न मिल्ने भएको कुपण्डोल सडक ।

समाचार

भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

By खबरहब

September 15, 2024

ललितपुर – शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्। आइतबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो।”

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो। शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताएका छन्।