भेनेजुएलामा अमेरिकीसहित ६ जना विदेशी गिरफ्तार « Khabarhub

भेनेजुएलामा अमेरिकीसहित ६ जना विदेशी गिरफ्तार


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कारकास– भेनेजुएलाले एक अमेरिकी जल सेन सहित ६ जना विदेशीलाई देशमा अस्थिरता निम्त्याउन षडयन्त्र गरेको आरोपमा गिरफ्तार गरेको जनाएको छ ।

आन्तरिक मामला मन्त्री नाइसडाडो काडालाले यो षडयन्त्र सिआइएको योजनामा भएको तथा यसको उद्देश्य नेता निकोलास माडुरोको ज्यान लिने भएको जनाएको छ ।

माडुरो निर्वाचनमा विजयी भए पछि भेनेजुएलाको विरोधी ल्याटिन अमेरिकी देश तथा अमेरिकाले यसलाई अस्वीकार गरेका थिए । त्यस पछि नै यो परिस्थिति उत्पन्न भएको हो । त्यस पछि भएको प्रदर्शनमा हजारौँ जना गिरफ्तार समेत भएका छन् ।

काबेलोले पत्रकार सम्मेलनको आयोजना गर्दै यस कार्यको नेतृत्व नै अमेरिकी जल सेनाका विलियम जोसेफ कास्टानाडेज गोमेजले गरेको बताएका छन् । उनले अन्य २ अमेरिकी डेभिड इस्ट्रेला र आरोन बारेट लोगान समेत गिरफ्तार भएको बताएका छन् । यसका साथै स्पेनिस नागरिक जासे मारिया बासोआ र आन्द्रेस मार्टिनेज अजास्मे सहित गिरफ्तार भएको जनाएका छन् । साथमा चेक नागरिक जान भारमोडजाल पनि गिरफ्तार भए ।

भेनेजुएलाका अधिकारीहरूले ४०० थान अमेरिकी राइफल समेत गिरफ्तार गरिएको दाबी गरेका छन् । काबेलोले सिआइएको साथमा स्पेनको राष्ट्रिय गुप्तचर निकाय पनि संलग्न भएको दाबी गरेका छन् । उनले राष्ट्रपति तथा अन्य शीर्ष नेता सहित आफ्नो पनि हत्या योजना भएको दाबी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसलाई मिथ्या भनेको छा । साथै ३ अमेरिकीको गिरफ्तारीको विषयले ध्यानाकर्षण गराइको जनाएको छ ।

गत जुलाईमा माडुरोले जित दाबी गरेको निर्वाचन पछि भेनेजुएलामा राजनीतिक अस्थिरता बढेको छ ।

यस पछि भएको विद्रोहमा विपक्षी दलहरूको साथ रहेको छ । विपक्षी नेता एडुमन्डो गोन्जालेजले आफ्नो मत चोरी भएको दाबी गरेका छन् । गत साता भेनेजुएलाले गिरफ्तारीका लागि वारेन्ट जारी गरे पछि उनी अहिले स्पेनमा निर्वासनमा छन्

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ११ : ५७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको