दलका सचेतकहरुसँग छलफल गर्दै सभामुख « Khabarhub

दलका सचेतकहरुसँग छलफल गर्दै सभामुख


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका सचेतकहरूसँग बैठक सुरु भएको छ । सभामुखले संसद्को गतिरोध हटाउन बैठक बोलाएका हुन् ।

सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरूसँग सभामुख घिमिरेले छलफल सुरु गरेका छन् ।
‘हिंसा’ शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए ।

निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद् अवरोध गरेका थिए । माओवादी केन्द्रले ‘हिंसा’ शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसद्को अवरोध जारी रहने निर्णय गरेको छ ।

माओवादी केन्द्रले आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेपछि सभामुखले छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : २१ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर