जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित « Khabarhub

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मनिष रमण साहले १ हजार ५७२ तथा जितेन्द्र प्रसाद साहले २९३ मत पाएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघको सम्बद्ध सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरी तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एक जना सुनचाँदीबाट दुई जना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १२ : ३३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर