पहिलो सन्तानकी आमा बन्दै नन्दिता « Khabarhub

पहिलो सन्तानकी आमा बन्दै नन्दिता


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।

नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘सन्तानालाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं ।’

उक्त तस्बिरमा उनले लगाएको टी-सर्टमा ‘सुन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी-सर्टमा ‘सुन टू बी ड्याडी’ लेखिएको छ ।

नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा काठमाडौंमा विवाह बन्धनमा बाधिएका हुन् । उनीहरू दुवै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनले ‘हामी तीन भाइ’, ‘सपना’, ‘त्रिशुल’, ‘युद्ध’, ‘बाटो मुनीको फूल’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । उनका श्रीमान् डाक्टर कटवाल मुटुरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको