पहिलो सन्तानकी आमा बन्दै नन्दिता | Khabarhub Khabarhub

पहिलो सन्तानकी आमा बन्दै नन्दिता


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नन्दिता केसी आमा बन्ने भएकी छन् । सामाजिक सन्जालमार्फत् उनले पहिलो सन्तानलाई जन्म दिन लागेको जानकारी दिएकी हुन् ।

नन्दिताले परिवार र श्रीमानसँगको तस्बिर राख्दै फेसबुकमा लेखेकी छन्, ‘सन्तानालाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं ।’

उक्त तस्बिरमा उनले लगाएको टी-सर्टमा ‘सुन टू बी मम्मी’ र उनका श्रीमान् डा. अरबिन्द्र कटवालको टी-सर्टमा ‘सुन टू बी ड्याडी’ लेखिएको छ ।

नन्दिता र अरबिन्द्र कटवाल गत फागुनमा काठमाडौंमा विवाह बन्धनमा बाधिएका हुन् । उनीहरू दुवै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

नन्दिताले फिल्म ‘इन्द्रेणी’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् । उनले ‘हामी तीन भाइ’, ‘सपना’, ‘त्रिशुल’, ‘युद्ध’, ‘बाटो मुनीको फूल’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरेकी छन् । उनका श्रीमान् डाक्टर कटवाल मुटुरोग विशेषज्ञ हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ३१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको