जेलबाट छुटेका केजरीवालको घोषणा- दुई दिनभित्र राजीनामा दिएर जनतामा जान्छु « Khabarhub

जेलबाट छुटेका केजरीवालको घोषणा- दुई दिनभित्र राजीनामा दिएर जनतामा जान्छु


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको राजधानी सहर नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनभित्रमा पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

तिहाड जेलमा १५६ दिन बसेर रिहा भएपछि  केजरीवालले आम आदमी पार्टीको कार्यालयमा आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु । जनताको निर्णय नआएसम्म म यो कुर्सीमा फर्किने छैन। म जनताबीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

केजरीवाल तिहाड जेलबाट शुक्रबार रिहा भएका हुन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर उनी रिहा भएका थिए ।

केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको थियो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो।  उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन् ।

जेलबाहिर आएपछि उनले आम आद्मीका कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘सबैभन्दा पहिले भगवानप्रति आभारी छ । जसका कारण म जेलबाहिर आउन सकेको छु । जसले मन्दिर, मस्जिद, गुरूद्वारामा प्रार्थना गरे, उनीहरू सबैप्रति आभारी छु । मेरो रगतको एक एक थोपा देशका लागि समर्पित छ।’

सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको मुद्दा प्रकरणमा उनलाई जमानत दिएको थियो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको थियो ।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो । सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ४० बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति