बालेन्द्रविरुद्ध लागेको भन्दै कांग्रेस सांसद भण्डारीले गरे प्रधानमन्त्रीको आलोचना « Khabarhub

बालेन्द्रविरुद्ध लागेको भन्दै कांग्रेस सांसद भण्डारीले गरे प्रधानमन्त्रीको आलोचना


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र व्यवहारले देशमा कायम सद्‍भाव बिगार्ने काम गरिरहेको आरोप उनले लगाएका छन् ।

ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनी आलोचनामा उत्रिएका हुन् ।

प्रधानमन्त्री ओलीले एमालेका नेताहरूलाई विपक्षीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मकनलिएको जिकिर पनि भण्डारीले गरेका छन् ।

‘प्रधानमन्त्रीज्यू मुलुकको महत्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो । स्वभावतः वहाँबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा हुन्छ । वहाँका विचार, अभिव्यक्ति र व्यवहारले देशलाई निर्देशित गर्नुपर्दछ । आमनागरिकमा आशाको सञ्चार गराउने तथा आपसी सद्भाव बढाउन मद्दत गर्नु पर्दछ’, उनले भनेका छन्, ‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियले वहाँले नेताहरूलाई विपक्षीविरुद्ध आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रुपमा लिएका छैनन् ।’

भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा रहेको पनि बताएका छन् ।

‘काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, महानगरलाई व्यवस्थित बनाउन उनी क्रियाशील देखिन्छन् । केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो । हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टीपतिलाई निर्देशन दिनु सुहाउँदो लागेन’,उनले जिकिर गर्दै भनेका छन्, ‘देशको एक जिम्मेवार नेता एवम् प्रधानमन्त्रीको पदमा आशीन व्यक्ति भएकाले वहाँ राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न राम्रो हुने व्यहोरा सविनय अनुरोध गर्दछु ।’

 

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : ०१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।