उपसभामुख रानाबारे एमालेले फेर्‍यो बोली, हटाउन नखोजेको दाबी « Khabarhub

उपसभामुख रानाबारे एमालेले फेर्‍यो बोली, हटाउन नखोजेको दाबी


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताएका छन् ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले फायर खोलेको बताएका हुन् ।

‘सत्तारुढ घटकको बैठकमा यो कुरा उठेको हो । उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन हामीले उपयुक्त ठानेनौं । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो । एउटा जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट उपसभामुखजस्तो संस्थाको हुर्मत लिनेगरी कुनै विषय अगाडि बढाउन खोजिएको थिएन, छैन’, उनले भने, ‘विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतकसहितबाट यो कुरा उठेपछि हाम्रो तर्फबाट प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होइन ।’

सत्तारुढ दलबीचमा उपसभामुख रानाबारे कुनै निर्णय नभएको उनले बताए । यो विषय प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वपा स्वयंले उठाएको बर्तौलाले बताए ।

यसलाई कसरी निरुपण गर्ने भन्ने कुरा समयक्रममा अगाडि बढ्ने पनि उनले जानकारी दिए । आफूहरु संसद् अन्त्य गर्नेतर्फको छलफलमा रहेको उनले बताए ।
संसद्को अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रय महासभामा सहभागी हुन जान लागेका बेला रास्वपा र प्रमुख प्रतिपक्षबाट उपसभामुखको विषय मसला बनाइएको उनले बताए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पनि बर्तौलाले विषय त्यस्तो केही थिएन भनेर सुनाएको बताए ।

‘उपसभामुखको विषयमा मुख्यसचेतक महेश बर्तौलाजीले हामीले त्यस्तो केही गर्ने, त्यस्तो केही थिएन । तपाईंले अलि चाँडै नै कुरा उठाउनुभयो भन्ने कुरा गर्नुभयो । तपाईंहरूको त्यस्तो केही थिएन, छैन भने मैले उहाँलाई धन्यवाद भने । फेरि पनि त्यस्तो दुरासय नहोस् भनेँ,’ उनले भने ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : ०९ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण