अमेरिकाबाट काठमाडौं उत्रिएका वृद्ध विमानस्थलबाटै बेपत्ता « Khabarhub

अमेरिकाबाट काठमाडौं उत्रिएका वृद्ध विमानस्थलबाटै बेपत्ता


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना वृद्ध अमेरिकाबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेबित्तिकै हराएका छन् ।

पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर- १ निवासी ७६ वर्षीय दण्डपाणि भुसाल शनिबार राति १० बजेर २५ बजेबाट त्रिभुवन विमानस्थलदेखि बेपत्ता भएका हुन् ।

भुसालका ज्वाईं मधु वस्तीका अनुसार विमानस्थलमा उत्रिएपछि ससुरासँग भिडिओ संवाद पनि भएको थियो । त्यसपछि भुसाल अचानक गायब भएका हुन् ।

जहाजबाट उत्रिएर भुसाल त्रिभुवन विमानस्थलदेखि बाहिरसमेत निस्किएका उनी त्यहाँबाट बेपत्ता भएका हुन् । सीसीटीभी फुटेजमा भुसाल विमानस्थलदेखि बाहिरिँदै गरेको देखिएको छ । तर त्यहाँबाट निस्किएपछि उनी कहाँ गए भन्ने पत्ता लाग्न नसकेको हो ।

राम्रोसँग पढ्न-लेख्न नजान्ने भुसाल शनिबार राति हिमालयन एअरलाइन्सको जहाजमा त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

उनलाई परिवारले अमेरिकाबाट एकजना महिलाको साथमा जिम्मा लगाएर पठाएको खुलेको छ । वस्तीका अनुसार भुसाल बाहिर निस्किएर पनि जहाजमै आफ्नो सामान छुटेको भन्दै फर्किएका थिए ।

त्यसपछि उनीसँग साथमा आएकी ती महिलाले वृद्धको सामान विमानस्थल परिसरमै छाडेर हिँडेको खुलेको छ । ज्वाइँ वस्तीका अनुसार झोलासहितका सबै कागजपत्र विमानस्थलमै भेटिएका छन् । वृद्ध मात्रै अहिले बेपत्ता छन् ।

भुसालको खोजीका लागि अहिले परिवारले महानगरीय प्रहरी वृत्त गौशालामा निवेदन दर्ता गराएका छन् । गौशाला बृत्तले निवेदन आएपछि खोजी सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  २ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा