अमेरिकाबाट काठमाडौं उत्रिएका वृद्ध विमानस्थलबाटै बेपत्ता | Khabarhub Khabarhub

अमेरिकाबाट काठमाडौं उत्रिएका वृद्ध विमानस्थलबाटै बेपत्ता


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना वृद्ध अमेरिकाबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेबित्तिकै हराएका छन् ।

पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर- १ निवासी ७६ वर्षीय दण्डपाणि भुसाल शनिबार राति १० बजेर २५ बजेबाट त्रिभुवन विमानस्थलदेखि बेपत्ता भएका हुन् ।

भुसालका ज्वाईं मधु वस्तीका अनुसार विमानस्थलमा उत्रिएपछि ससुरासँग भिडिओ संवाद पनि भएको थियो । त्यसपछि भुसाल अचानक गायब भएका हुन् ।

जहाजबाट उत्रिएर भुसाल त्रिभुवन विमानस्थलदेखि बाहिरसमेत निस्किएका उनी त्यहाँबाट बेपत्ता भएका हुन् । सीसीटीभी फुटेजमा भुसाल विमानस्थलदेखि बाहिरिँदै गरेको देखिएको छ । तर त्यहाँबाट निस्किएपछि उनी कहाँ गए भन्ने पत्ता लाग्न नसकेको हो ।

राम्रोसँग पढ्न-लेख्न नजान्ने भुसाल शनिबार राति हिमालयन एअरलाइन्सको जहाजमा त्रिभुवन विमानस्थलमा उत्रिएका थिए ।

उनलाई परिवारले अमेरिकाबाट एकजना महिलाको साथमा जिम्मा लगाएर पठाएको खुलेको छ । वस्तीका अनुसार भुसाल बाहिर निस्किएर पनि जहाजमै आफ्नो सामान छुटेको भन्दै फर्किएका थिए ।

त्यसपछि उनीसँग साथमा आएकी ती महिलाले वृद्धको सामान विमानस्थल परिसरमै छाडेर हिँडेको खुलेको छ । ज्वाइँ वस्तीका अनुसार झोलासहितका सबै कागजपत्र विमानस्थलमै भेटिएका छन् । वृद्ध मात्रै अहिले बेपत्ता छन् ।

भुसालको खोजीका लागि अहिले परिवारले महानगरीय प्रहरी वृत्त गौशालामा निवेदन दर्ता गराएका छन् । गौशाला बृत्तले निवेदन आएपछि खोजी सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  २ : २६ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।