५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी  « Khabarhub

५० अंकले घट्यो नेप्से, कारोबार १० अर्ब बढी 


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो शेयर बजार ५० अंकले घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको छ । नेप्से १.८८ प्रतिशतले घट्दा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रि-ओपन सेसनमा करिब १० अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयदेखि नै उकालो लागेको थियो । १ बजेट ४४ मिनेटसम्म बढेको बजार त्यसपछि भने विक्रीकर्ता हाबी भएर बजार घट्यो ।

बजार घट्न सुरु भएपछि पनि २ पटक बजार माथि उठ्न खोजेको भएपनि बिक्रीकर्ता हाबी भएका कारण बजार माथि जान सकेन र बजार बन्द हुँदा ५० अंकको गिरावट आयो ।

आज ३२४ कम्पनीको शेयर कारोबार हुँदा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर १ लाख १९ हजार ७३९ पटक किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ३.६८ प्रतिशतले घटेर ६ हजार ५७५.४२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.९० प्रतिशतले घटेर ३ हजार ७२४.६० विन्दुमा पुगेको छ ।

त्यस्तै वाणिज्य बैंक समूह ०.९३ प्रतिशतले, विकास बैंक २.५१ प्रतिशतले, फाइनान्स ३.५३ प्रतिशतले, हाइड्रो समूह १.४८ प्रतिशतले, लगानी समूह २.८० प्रतिशतले, जीवन बीमा समूह २.७४ प्रतिशतले, उत्पादन तथा प्रशोधन समूह १.७९ प्रतिशतले, लघुवित्त समूह १.८८ प्रतिशतले, म्युचुअल फण्ड समूह ०.६१ प्रतिशतले, निर्जीवन बीमा समूह २.१६ प्रतिशतले र अन्य समूह २.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ३ : २४ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम