जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध « Khabarhub

जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरू अलपत्र परेका छन् ।

पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए ।

उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन नभएको बताए ।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन् । ‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौँ’, उनले भने ।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरू परिङाल नजिकै पर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले बताए ।

गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ३ : ५१ बजे

एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ– विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा  कार्यरत भिडियो

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

 काठमाडौँ – नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको

मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सङ्कलन हुँदै

एजेन्सी– मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

सुनसरी– सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी