माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा | Khabarhub Khabarhub

माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन अवस्थामा नेकपा माओवादी नेतृत्वमा भएको १० वर्ष लामो सशस्त्र संघर्षलाई जनयुद्ध या हिंसा भन्ने विवाद चर्किरहेका बेला राष्ट्रिय सभाको बैठकमा नारा नै लागेको छ ।

गत भदौ १३ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले सशस्त्र युद्धलाई हिसा भनेका थिए ।

योगेशको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काम गर्दै माओवादी केन्द्रले संसद्‍मा अवरोध गरिरहेको छ ।

आइतबार दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक उक्त विवादले दिउँसो सवा ३ बजेसम्मलाई सरेको छ ।

विवादबीच राष्ट्रिय सभा बैठकमा माओवादी केन्द्रकी सांसद रेणु चन्दले जनयुद्धलाई अवमूल्यन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएकी छन् ।
बैठकमा बोल्दै चन्दले जनताले गरेको क्रान्तिलाई हिंसाको संज्ञा नदिन ओलीसहित एमाले नेताहरूलाई चेतावनी दिइन् ।

‘हुन त गाली दिँदैमा जनयुद्धको महानता कम हुँदैन । गुलाबलाई गोपीको फूल भन्दैमा त्यसको गुण हराउँदैन’, उनले भनिन्, ‘जनयुद्धलाई हिंसात्मक भन्नुस्, तर त्यसको महानता कम हुँदैन ।’

उनले त्यक्रममा महान जनयुद्ध जिन्दावाद भन्दै रोष्ट्रममै उभिएर नारा पनी लगाएकी छन् ।

‘हिंसा कसले गर्‍यो ? जनप्रतिनिधिले टेबल ठटाएर संकटकाल लगाउनु हिंसा गरेको हो कि जनसेवा गरेको हो ?’, उनले भनिन्, ‘आन्दोलनमा लागेका मान्छेको टाउकाको मोल तोक्ने हिंसा हो । जनयुद्ध महान थियो र रहिरहने छ । महान जनयुद्ध जिन्दावाद !’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ०९ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा