रोनाल्डोले गुमाए एएफसी च्याम्पियन्स लिगको खेल « Khabarhub

रोनाल्डोले गुमाए एएफसी च्याम्पियन्स लिगको खेल


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका छन् ।

इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो ।

अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दै छ ।

हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उनी केही दिनको आरामपछि टिममा फर्किने बताएको छ ।

रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ६ : २३ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर