संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस « Khabarhub

संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भाद्र ३१ गते सोमबार राति १२ बजेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ । त्यस्तै बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए  ।

यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्रीसंग भेट गर्दै आगामी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : ०६ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार