यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’ « Khabarhub

यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ ।

गीतको भिडियोमा नायक विजय बराल र प्रकाश सपुतलाई देख्न सकिन्छ । बुवाको भूमिकामा रहेका विजय घरघरमा सारङ्गी रेट्दै पैसा संकलन गरेको देखिन्छ । छोराको भूमिकामा रहेका प्रकाश भने पढ्नका लागि सहर छिर्छन् ।

बाउबाजेको पालादेखिको गन्धर्व पेसा आफ्नो सन्तानले गर्नु नपरोस् भनेर विजयले छोरालाई पढाउनका लागि गरेको संघर्ष गीतमा देख्न सकिन्छ । अर्थात् यो गीतले फिल्मको मुल मर्म गन्धर्व परिवारको भावना व्यक्त गरेको छ ।

यो फिल्ममा विजय र प्रकाशसहित नायक मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपानेलगायतको अभिनय छ ।

सरोज पौडेलको कथा र निर्देशन रहने यस फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहने यस फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

फिल्मको प्रदर्शन मिति कात्तिक १५ गतेलाई तोकिएको छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : १३ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण