उपराष्ट्रपति यादव र माल्टाका राजदूत गौसीबीच भेटवार्ता « Khabarhub

उपराष्ट्रपति यादव र माल्टाका राजदूत गौसीबीच भेटवार्ता


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटघाटमा उनीहरुबीच नेपाल र गणतन्त्र माल्टाबीचको द्विपक्षीय सम्बन्ध तथा लगानी, व्यापार, पर्यटन, श्रमलगायतका क्षेत्रमा द्विपक्षीय सहयोगको सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको बताए । साथै उनले मित्रता, सौहार्दता र सहयोगमा आधारित माल्टासँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिने गरेको उल्लेख गर्दै अगामी वर्षमा यो सम्बन्ध थप सुदृद्ध हुँदै जाने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले उल्लेख्य सङ्ख्यामा नेपाली नागरिक उच्च शिक्षा तथा रोजगारीको क्षेत्रमा माल्टामा रहेको उल्लेख गर्दै भने, “नेपाल एक भूपरिवेष्ठित मुलुक र माल्टा एक टापु भए पनि हाम्रा दुई राष्ट्रले बहुपक्षीय मञ्चमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा हित र चासोका अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य गरिरहेका छन् ।”

उपराष्ट्रपति यादवले सन् २०१६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको मुलुक हुने लक्ष्य राखेको उल्लेख गर्दै यस स्तरोन्नतिलाई दिगो तथा अपरिवर्तनीय बनाउन हामीलाई विकास साझेदाराट ठूलो मात्रामा पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक पर्ने बताए । उनले द्विपक्षीय र बहुपक्षीय तहमा पारस्परिक लाभका लागि माल्टासँग मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल तत्पर रहेको बताए ।

यसैगरी राजदूत गौसीले नेपालसँग माल्टाको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै आफूले ‘नेपाल–माल्टा च्याम्बर अफ कमर्स’ स्थापना गर्न चाहेको बताए । उनले नेपालको सुन्दरता र आतिथ्यताप्रति खुशी व्यक्त गर्दै माल्टामा १० हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ८ : १७ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर