धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल « Khabarhub

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो ।

उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उनले ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ९ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको