पाकिस्तानमा प्रान्तीय सरकारविरुद्ध जनप्रतिनिधिद्वारा प्रदर्शन « Khabarhub

पाकिस्तानमा प्रान्तीय सरकारविरुद्ध जनप्रतिनिधिद्वारा प्रदर्शन


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रान्तीय सरकारले बजेट नदिएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । प्रान्तका विभिन्न शहरका मेयर, तहसिल र पालिका अध्यक्षले राजधानी पेशावरमा प्रदर्शनगरेका हुन् ।

प्रदर्शनमा पेशावर शहरकै मेयर जुबेर अली समेत सहभागी रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ। तीन वर्षअघि स्थानीय सरकार गठन भएयता प्रान्तीय सरकारले बजेट नै जारी नगरेको आन्दोलनकारीको भनाइ छ ।

स्थानीय सरकारका रुपमा तहसिल, गाउँ र टोल समिति सन्२०२१ को डिसेम्बर महिनामा चुनाव गरिएको थियो । प्रान्तमा जिल्ला तह खारेज गरेर स्थानीय तह गठन भएसँगै चुनाव भएको हो ।

यद्यपि त्यस चुनावयता प्रान्तीय सरकारले उनीहरुका लागि कुनैबजेट बिनियोजन गरेको छैन । त्यसबाहेक प्रान्त सरकारले स्थानीय तहलाई कुनै प्रशासकीय अधिकार समेत नदिएको प्रदर्शनकारी जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : ३३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया