विष्णुमती र धोबीखोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

विष्णुमती र धोबीखोलामा बाढी, उच्च सतर्कता अपनाउन आग्रह


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको विष्णुमती र धोबिखोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।

आइतबार साँझ जल तथा मौसम विज्ञान विभागले विष्णुमती र धोबिखोलामा जलसतह बढेकाले सोमबार बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आइतबार राति ८ः५० बजे विष्णुमती नदीको गोंगबु जल मापन केन्द्रमा र धोबिखोला कपन जल मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । विभागले त्यो क्षेत्र नजिकको सडक भएर यात्रा गर्नेहरूलाई भोलि बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार उपत्यकालगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । आइतबार साँझ उपत्यकाको गोङ्गबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा आज वर्षा भएको थियो ।

हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको छ ।

 

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १० : ५५ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने