अन्तर्राष्ट्रिय

पाकिस्तानी संसदमा प्रस्तावित कानुन संविधान विपरीत : मानव अधिकार आयोग

By खबरहब

September 15, 2024

काठमाडौं – संसदमा प्रस्ताव गरिएको एउटा कानुनले शान्ति पूर्ण रुपमा सभा आयोजना गर्न पाउने जनताको अधिकार हनन् हुने भन्दै पाकिस्तानी मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेकोछ ।

पाकिस्तानी संसदमा प्रस्तावित उक्त कानुनले जिल्ला अधिकारीलाई सभा आयोजनामाथि प्रतिबन्ध लगाउने अधिकार प्रदान गर्दछ ।

यस कानुन पाकिस्तानी संविधानको धारा १६ अन्तर्गत शान्ति पूर्ण सभा आयोजना गर्न पाउने अधिकारको विरुद्धमा रहेको आयोगको ठहर छ । प्रस्तावित कानुनले सभा आयोजना गर्न प्रतिबन्ध लगाउने मात्रै नभइ विरोध प्रदर्शनमा बल प्रयोग गर्न समेत अधिकारीलाई अनुमति दिन्छ ।

विपक्षी दलको सरकार विरोधी आवाज दबाउनका लागि यस्तो प्रस्ताव ल्याइएको आयोगले आरोप लगाएको छ । पछिल्लो समय पाकिस्तानमा नागरिक स्वतन्त्रता साँघुरो हुँदै गएकोचर्चा माझ संसदमा यस्तो प्रस्ताव आएको हो ।