महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी | Khabarhub Khabarhub

महिला लिग फुटबलः चन्द्रपुर र बागमतीबीचको खेल बराबरी


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिका र बागमती युवा क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयका आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । यो खेलसँगै चन्द्रपुरले चार खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर अङ्क तालिकाको छैटौँ स्थानमा रह्यो ।

त्यसैगरी, बागमती पाँच खेलबाट चार अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ । खेल अवधिभर दुवै टोलीका खेलाडी गोल गर्न सङ्घर्षरत रहेका थिए । तर सफल भने हुन सकेनन् ।

त्यसैगरी, आजै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

जितसँगै एपिएफ पाँच खेलबाट १३ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो । कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट एक अङ्क मात्र जोडेको कर्णाली तालिकाको नवौँ स्थानमा यथावत् छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ११ : १५ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना